काठमाडौं, ६ पौष–प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई कारबाहीको सिफारिस गरिएकोबारे पत्र निर्वाचन आयोगमा पुर्‍याइएको छ ।

आइतबार बसेको अध्यक्ष पुष्पकमल दाहाल र नेता माधव नेपाल पक्षको स्थायी कमिटीको बैठकले ओलीलाई अनुशासनको कारबाहीको सिफारिस केन्द्रीय कमिटीलाई गर्ने निर्णय गरेको थियो ।

सो निर्णयबारे आज निर्वाचन आयोगलाई स्थायी कमिटी सदस्य लीलामणि पोख्रेलले जानकारी गराएका हुन् ।

ओलीलाई कारबाहीको जानकारी गराएको लिखित पत्र निर्वाचन आयोगमा ५३८ नम्बरमा दर्ता भएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *