काठमाडौं, ६ पौष–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहमा रहेका निवर्तमान सांसदहरुले तत्काल संसद्को बैठक बोलाउन माग गरेका छन् ।

“नेपालको संविधानमा भएको प्रतिनिधिसभा विघटन गर्न नसकिने स्पष्ट व्यवस्थाको विपरीत प्रधानमन्त्रीले जनमतको अपमान हुने तथा देशलाई अनिश्चयको भूमरीतर्फ धकेल्ने गरी गरेको प्रतिनिधिसभाको विघटनको सिफारिसलाई संविधानको संरक्षण गर्नुपर्ने संवैधानिक कर्तव्य भएका राष्ट्रपतिसमेत त्यसतर्फ संवेदनशील नरहेकोप्रति यो संसदीय दल विरोध गर्दछ र उहाँको कार्यलाई अस्वीकार गर्दछ,” पारित प्रस्तावमा भनिएको छ,“संविधान बमोजिम संसद्को अधिवेशन बोलाउनुपर्ने समय भइसकेकाले संसदको अधिवेशन अबिलम्ब आह्वान गर्न यो बैठक माग गर्दछ ।”

अहिलेको संविधानअनुसार संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नरहेको उनीहरुको निष्कर्ष छ ।

“नेपालको संविधान बमोजिम प्रतिनिधिसभालाई विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई रहेको छैन । प्रधानमन्त्रीको प्रतिनिधिसभाको कथित विघटन गर्ने कदम र राष्ट्रपतिको स्वीकृतिलाई अस्वीकार गर्दै प्रतिनिधिसभाको नियमित कार्य अघि बढाइनुपर्छ भनी यो बैठक जोडदार माग गर्दछ,” निर्णयमा भनिएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *