विर्तामोड, ६ पौष–झापामा कला र साहित्यमा सक्रिय आख्यानकार एबम् कवियत्री भगवती ढुङ्गेल आज बिर्तामोडमा लायन्य क्लबबाट सम्मानीत भएका छन् । प्रेमिल (उपान्यास), देश र आमा (कविता, गीत, मुक्तक), प्रेमकुण्ड (उपन्यास) र आधा सत्य (उपन्यास) का लेखक भगवती दुङ्गेलसहित फोटो पत्रकार बिनोद पाण्डे र लायन्सकर्मी रुपनारायण खतिवडा सम्मानीत भएका हुन् ।
सोमबार, बिर्तामोडमा झापाका नौ वटा लायन्स क्लबहरुले संयुक्त कार्यक्रमको आयोजना गरेर उनीहरुलाई सम्मान गरिएको लायन्स क्लब अफ विर्तामोड सिटीका संस्थापक अध्यक्ष निरज ओलीले बताए ।
क्लबका अध्यक्ष घनश्याम चौधरीका अनुसार सम्मानित व्यक्तित्वहरुलाई सम्मानपत्र र दोसल्ला प्रदान गरिएको थियो । क्लबले प्रत्येक वर्ष समाजका विभिन्न क्षेत्रका प्रतिभाहरुलाई सम्मान गर्ने योजना बनाएको छ ।
लायन्स क्लब डिस्ट्रिक्ट मल्टिपलकाउन्सिल चियर पर्सन सेकेन्ड सेन्चुरी एम्बासडर इन्द्र खत्री राजनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नयाँ क्लब बिर्तामाड स्मार्ट लेडीलाई सदस्यता प्रदान गरिएको थियो ।
त्यस्तै, नौवटा क्लबका दुई दर्जन नयाँ सदस्यलाई लायन्स पिन प्रदान गरियो । एरिया कोअर्डिनेटर सत्यनारायण शर्माले सहजीकरण गरेको कार्यक्रममा लायन्सका दुई पूर्वअध्यक्षहरु लीलाप्रसाद चिमरिया र नीरज ओलीलाई लायन्स इन्टरनेसनलबाट प्रदान गरिएको बेस्ट प्रेसिडेन्ट अवार्डबाट उपलब्ध गराइएको थियो ।
कार्यक्रमको आयोजना लायन्स क्लबहरु कनकाई सुरुङ्गा, शिवसताक्षी, बिर्तामोड, बिर्तामोड सिटी, बिर्तामोड लेडी, धाइजन चारआली, भद्रपुर, मेचीनगर र अनारमनीले संयुक्त रुपमा गरेका थिए ।
