झापा, ७ पौष–झापामा आज थप तीनजना कोरोना संक्रमित थपिएका छन् । जसमा १ महिला र २ जना पुरुष रहेका छन् ।

संक्रमित हुनेहरुमा दमक नगरपालिका वडा नं ४ का एकजना पुरुष र मेचीनगर नगरपालिका वडा नं २ र १० का १ महिलासहित २ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

झापामा आज कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ । जसमा मेचीनगर नगरपालिका वडा नं १० की ५७ वर्षीया महिला रहेकी छिन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *