काठमाडौं, ७ पुस–विश्वमा छरिएका ‘प्रवासी नेपाली एकता मञ्च’ हरुले नेपालको प्रतिनिधिसभा विघटनप्रति विरोध जनाएका छन् ।
सत्तारुढ आफ्नै पार्टी र सरकारका मन्त्रीहरु समेतलाई जानकारी नगराई प्रधानमन्त्री एवम नेकपा अध्यक्ष केपी शर्मा ओलीले गरेको संसद विघटन अलोकतान्त्रिक र असंवैधानि रहेको ३८ देशका प्रवासी नेपाली मञ्चले जनाएका छन् ।
समझदारी र संवादको माध्यमबाट पार्टी विवादलाई तार्किक निष्कर्षमा पुर्याउन सकिने सम्भावना बाँकी रहँदा रहँदै पनि संसद विघटन गर्ने सरकारको निर्णय गलत भएको विभिन्न देशका प्रवासी मञ्चहरुले बताएका छन् ।
मञ्चहरुले प्रधानमन्त्रीको गलत कदमलाई कानूनी उपचारका माध्यमबाट सच्याउने बाटो खोजिनु पर्ने समेत आग्रह गरेका छन् । सरकारकै बहुसंख्यक मन्त्रीहरु, प्रतिपक्षलगायत सबै क्षेत्रबाट विरोध भइरहेको संसद विघटनले देशलाई अस्थिरताको बाटोमा लैजाने पनि मञ्चले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
क–कसले गरे संसद विघटनको विरोध
१) राजेन्द्र पुडासैनी (अध्यक्ष) बेलायत (युके)
२) सुरेश गौतम (सचिब) पोर्चुगल
३) डोलराज भण्डारी (सचिब) साइप्रस
४) रमिला राई (अध्यक्ष)
५) केशव ठकुरी (सचिव) बहराईन
६) नारायण रपाल बिश्वकर्मा (सचिव) युएई (दुवई)
७) बाबुराम बिश्वकर्मा (अध्यक्ष) ओमान
८) उमेश बिक )अध्यक्ष) ईजरायल
९) अनिरुद्र जोशी सुवेदी (सचिब) जर्मनी
१०) चन्द्रकान्त आचार्य (अध्यक्ष)
११) सागर पोखरेल (सचिव) स्वीटजरल्याण्ड
१२) अचुतप्रसाद फुयाल (अध्यक्ष) जापान
१३) हवलचन्द्र लामा (अघ्यक्ष) अस्ट्रिया
१४) धर्मराज खतिवडा (अध्यक्ष)
१५) रबिचन्द्र भट्टराई (सचिव) डेनमार्क
१६) उदयराज गौतम (अध्यक्ष) कृष्ण धानुक (सचिव) कतार
१७) मोहन कार्की (सचिब) साउदी अरब
१८) शिवराज जैसी (अध्यक्ष)
१९) राजु खनाल (सचिब) आयरल्याण्ड
२०) शुकमान लामा (अध्यक्ष) कोरिया
२१) दिलिप धिताल (अध्यक्ष) बेल्जियम
२२) जीतबहादुर लामा (अध्यक्ष) नेदरल्याण्ड
२३) थानेश्वर गौतम (सचिव) स्पेन
२४) अशोक किरण न्यौपाने (सचिव) अस्ट्रेलिया
२५) प्रवीण कणेल (सचिव) मकाउ
२६) मनोजकुमार धाँमी (सचिव) अमेरिका
२७) प्रकाश अधिकारी (सचिव) हङकङ
२८) जे बी ओख्रबु (अध्यक्ष) स्वीडेन
२९) मदन ढकाल (अध्यक्ष) कुबेत
३०) मुनु भुजेल (सचिब) मलेशिया
३१) रमेशप्रसाद तिवारी (अध्यक्ष)
३२) दयाराम कुमाल (सचिव) फ्रान्स
३३) सुमन पौडेल (सचिव) रसिया
३४) डा मनमुर्ति भुर्तेल (अध्यक्ष)
३५) इन्द्रप्रसाद भुसाल (सचिव) इटाली
३६) हरिभक्त काराखेती (सचिव) नर्बे
३७) सन्तोष भण्डारी (सचिब) भारत
३८) लोकनाथ भण्डारी (अध्यक्ष)
