काठमाडौं, ७ पुस–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहको वहुमत केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई नेकपा अध्यक्षबाट हटाइएको छ ।

मंगलबार काठमाडौं बबरमहलको कार्की ब्याङ्केटमा बसेको नेकपाका वहुमत केन्द्रीय सदस्यको बैठकले ओलीलाई कारबाही गर्दै ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।

नेकपाका दुई तिहाइ केन्द्रीय सदस्य प्रचण्ड–नेपालसँग
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई तिहाइ केन्द्रीय सदस्य पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल समूहमा देखिएका छन् ।

नेकपाको वहुमत सदस्यको केन्द्रीय कमिटीको बैठक बबरमहलस्थित कार्की ब्याङक्वेटमा चलिरहेको छ । बैठक स्थलमा राखिएको पुस्तिकामा ३१० केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् ।

यो संख्या नेकपाको वर्तमान केन्द्रीय कमिटीको दुई तिहाइभन्दा बढी हो । नेकपाको वर्तमान केन्द्रीय कमिटीमा ४४७ जना छन्, जसमध्ये केहीको मृत्यु भएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *