दमक, ८ पौष–दमक नगर ईसाई समाजले आज झापाको दमकमा रक्तदान तथा बालबालिका र जेष्ठ नागरिकलाई सहयोग हस्तान्त्रण कार्यक्रम सम्पन्न गरेको छ ।

इसाई समाज दमकले आज खीष्टमसको अवसर पारेर दमकमा बिहान रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । रेडक्रस सोसाइटी दमक उपशाखामा आयोजित रक्तदान कार्यक्रममा ६० प्रिन्ट रगत सङ्कलन भएको छ । इसाई समाज दमक नगरद्धारा दमकमा यो ४१औं खुल्ला रक्तदान कार्यक्रम हो ।

समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईका अनुसार रक्तदान कार्यक्रममा ६६औं पटक रक्तदान गर्नुहुने विकल्प सुब्बालाई सम्मान गरिएको थियो ।

पूर्वाञ्चल रक्तदाता समाजका संस्थापक अध्यक्ष एबम् रक्तदान अभियानकर्मी सुब्बालाई इसाई समाज दमकले प्रशंषा–पत्रसहित दोसल्ला ओढाएर कार्यक्रममा सम्मान गरिएको पाष्टर राईले बताउनुभयो ।

सो कार्यक्रममा समाजका बरिष्ठ सल्लाहकार रेभ एनडी थुलुङ राई, पाष्टर मुक्ति थुलुङ राई, सल्लाहकार पाष्टर राजकुमार राई, पाष्टर दावा शेर्पा, पाष्टर डिके बेघा, नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका रक्तसंचार बिभाग प्रमुख सिद्धार्थ दाहाल, दमक नगर इसाई समाज युवा समितिका अध्यक्ष सुरज लिम्बू लगायत इसाई समाज दमक नगर कार्यसमितिका पदाधिकारी, सदस्यहरु, सल्लाहकार समितिको उपस्थिति थियो ।

ख्रीष्टमसको अवसर पारेर आजै दमक–२ स्थित हाम्रो बाल आश्रममा आश्रित बालबालिका र दमक–५ स्थित जेष्ठ नागरिक सम्मान प्रतिष्ठानमा आश्रित जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको इसाई समाज दमक नगरका अध्यक्ष पाष्टर राईले बताउनुभयो ।

बालबालिका र जेष्ठनागरिकहरुलाई चिसोमा न्यानो कपडासहित ब्याङ्केट वितरण गरिएको राईले जानकारी गराउनुभयो ।

कार्यक्रममा दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर राईले रक्तदानमा सहभागीहरु र प्राविधिक सहयोग गर्नुहुने रेडक्रस सोसाइटीलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । पाष्टर राईले ख्रीष्टमसको अवसरमा आयोजित कार्यक्रममा सहभागि सवैमा बधाई तथा शुभकामनासहित धन्यावाद ज्ञापन गर्नुभएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *