काठमाडौं, ८ पौष–नेकपा प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा २९० जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित पार्टीको निर्णय बुझाएका छन् ।

मंगलबार कार्की बैंक्वेटमा बसेको केन्द्रीय कमिटीको बैठकमा उपस्थित नेताहरुको हस्ताक्षर र निर्णय लिएर नेताहरु बुधबार निर्वाचन आयोग पुगेका थिए ।

नेकपाका नेताहरु सुरेन्द्र पाण्डे, लिलामणि पोखरेल र मुक्ति प्रधान निर्वाचन आयोगमा पुगेर पार्टीको निर्णय र हस्ताक्षर बुझाएका हुन् ।

उनीहरुले निर्वाचन आयोगमा पार्टीको निर्णय बुझाएर बाहिरिँदै गर्दा नेकपा र सूर्य चिन्ह आफूहरुको हुने बताएका हुन् । नेता पाण्डेले सूर्य चिन्ह र पार्टीको नाम आफूहरुको हुने बताए । ‘हामीसँग ७० प्रतिशत मत छ ।

घर छाडेर जानेले घर पाउँछ र ? अर्को बनाउनुपर्छ,” पाण्डेले भने, ‘सूर्य चिन्हमा कसैले दाबी नगरे हुन्छ, हामीले पाउछौँ ।’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *