काठमाडौं, ८ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनर्स्थापित गर्दै नयाँ सरकार बनाउने बताएका छन् ।

नयाँबानेश्वरमा भएको नेकपा वहुमत सदस्यको संसदीय दलको वैठकमा बोल्दै उनले केपी शर्मा ओलीले असंवैधानिक तरिकाले विघटन गरेको संसद पुनस्र्थापित गराउँदै नयाँ सरकार गठन गरिने बताए ।

संसद पुनर्स्थापित गर्दै नयाँ सरकार बनाउने आफूहरुको प्रतिबद्धता रहेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘अरू संसदीय दलका नेताहरूसँग पनि छलफल गरेर नयाँ परिस्थिति निर्माणमा हामी छौं ।’

प्रचण्डले ७० प्रतिशतको उपस्थितिमा केन्द्रीय समिति बैठक बसेपछि आफूहरू नै वैधानिक र ठूलो दल भएको बताए । ‘संसदीय दलमा पनि ११५ अहिले नै सहभागी हुनुहुन्छ, अरू केही सांसदहरूले हस्ताक्षर गर्ने वचन दिनु भएको छ त्यसकारण संसदीय दलमा पनि हामी नै वैधानिक छौं ।’

संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै उनले संविधान सभाबाट प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने भनेर प्रष्ट रुपमा लेखिएको पनि उनले जानकारी गराएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *