काठमाडौं, ९ पौष–राष्ट्रिय क्रिकेट टिमका खेलाडी तीन खेलाडी एकै पटक विदेशी लिगमा अनुबन्ध भएका छन् । नेपालका लागि पहिलो पटक तीन खेलाडी विदेशी लिगमा एकै पटक अनुबन्ध भएको यो पहिलो पटक हो ।

अनुबन्ध हुनेमा सोमपाल कामी, करण केसी र कुशल मल्ल भएका छन् । सोमपाल कामी मराठा अरवियन्सबाट टि–टेन लिग खेल्ने भएका हुन् ।

टि–टेन लिगले आफ्नो अफिसियल साइटमा खेलाडीहरुको स्वागत पनि गरेको छ । नेपाली खेलाडीहरु टि–टेन लिग खेल्ने भएपछि नेपाली टोलीका पूर्वकप्तान पारस खड्काले सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई पनि दिएका छन् ।

त्यस्तै करणलाई पुने डेभिल्स र कुशललाई अबुधाबीले अनुबन्धन गरेको छ । बुधबार भएको ड्राफ्ट अनुसार दुवै खेलाडीलाई टि–टेन टिमले आफ्नो टोलीमा समावेश गरेका हुन् ।

कुशल पहिलो पटक विदेशी लिगमा छनोट भएका हुन् । टि–टेन लिगबाट यसअघि नेपालबाट सन्दीप लामिछाने र पारस खड्काले खेलिसकेका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *