काठमाडौं, ९ पुस-नेपाल माल्टा कम्युनिटिकोे तेस्रो साधारण सभाबाट अध्यक्षमा नवीन गिरी सर्वसम्मत चयन भएका छन् ।

नेपाल माल्टा कम्युनिटिको प्रतिबद्धता निःस्वार्थ समाज सेवा आजको आवश्यकता” भन्ने मूल नारा लिएर अघि बढिरहेको संस्थाको अध्यक्षमा गिरी सर्बसम्मत चयन भएपछि संस्थाले अझै फड्को मार्ने आशा राखिएको छ । सामाजिक काममा क्रियाशिल गिरी झापाका युवा हुन् ।

एल्क्जेन्डर होटल माल्टाको सेन्जुलिएनमा भएको साधरण सभाबाट वरिष्ठ उपाध्यक्षमा भुवन अर्याल, उपाध्यक्षमा रोशन गिरी, रोहित गौतम सचिवमा शंकर पोख्रेल, सह-सचिवमा उपेन गिरी, कोषाध्यक्षमा सत्य नारायण झा र सहकोषाध्यक्षमा राजिव दाहाल चयन भएका छन् । संस्थाको प्रवक्ताको जिम्मेवारी राम प्रसाद भण्डारीलाई दिइएको छ ।

यसैगरी युवा संयोजकमा मनोज उपाध्याय,खेल संयोजकमा प्रविन थापा छनौट भएका छन् । संस्थाको सदस्यहरुमा लोकराज पौडेल, बिवेक चापागाईं, मुक्ति पुरी, शितल बस्नेत, कमल न्यौपाने, दिननाथ भट्टराई, भरत अर्याल, सुरेन्द्रलाल दास, सन्दीप केसी, राजु गिरी र कुमार खनाल रहेका छन् ।

यसैगरी सल्लाहकार संयोजकमा अर्जुन केसी र सल्लाहकारमा राजु अर्याल (बाबु), तेजबहादुर लिम्बु, सन्देश केसी, जेके शर्मा र दिपक पोख्रेल रहेका छन् ।

भुवन अर्यालले संचालन गरेको कार्यक्रममा संस्थाका अध्यक्ष मनिष अर्यालको सभापतित्व र अर्जुन केसीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै लोकराज पौडेल, सन्देश केसी, जे .के शर्मा, राजु अर्याल (बाबु ), अर्जुन केसि, तेज बहादुर लिम्बू लगायत विभिन्न वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमका सभापति अर्यालले आआफ्नो क्षेत्रबाट ३ बर्से लामो कार्यकाल सम्पन्न गर्न सहयोग गर्ने कार्यसमितिका पदाधिकारी, माल्टामा रहेका अन्य संघसस्था तथा सम्पूर्ण नेपाली जनहरूमा कृतज्ञता प्रकट गरेका थिए ।

अध्यक्षको जिम्मेवारी सम्हाल्दै गिरीले आफ्नो कार्यकाल रचनात्मक तरिकाले अघि बढ्दै मन जित्ने काम गर्ने प्रतिबद्धता गरेका छन् ।

 

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *