काठमाडौं, ९ पुस–नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालत र निर्वाचन आयोगले संविधान र कानुन अनुसार फैसला गर्नुपर्ने बताएका छन् ।
नेकपाको नामसम्बन्धी विवादको पेसी १४ गतेलाई तोकिएको सूचना आएको भन्दै उनले भने, ‘हामीलाई पूर्व पार्टीमा फर्काउन खोजिँदैछ । तर हामीले बकाइदा नेकपा दर्ता गरेका हौं ।’
उनले अघि भने, ‘सर्वोच्च अदालत होस् वा निर्वाचन आयोग, संविधानकानून अनुसार फैसला होस् । कुनै षड्यन्त्रलाई सफल हुन नदिइयोस् ।’ उनले संविधानको अपहरण हुन नदिन सर्वोच्च र निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।
पार्टी केन्द्रिय कमिटी वैठकमा बोल्दै अध्यक्ष प्रचण्डले संसद विघटन नगरौं म विकल्प लिएर आउँछु पाँच मिनेट मात्रै दिनुहोस् भन्ने आग्रह समेत प्रधानमन्त्री केपी शर्मा ओलीले नसुनेको बताए ।
