काठमाडौं, ९ पुस–नेपालमा पछिल्लो २४ घण्टामा थप ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ७३९ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ४७ हजार ४०० पुगेको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ५ हजार ५१० जनाको पिसिआर परीक्षण गर्दा ६१३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ९६ हजार २५० पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २४४ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमित पुष्टि हुनेमा सय जना महिला र १४४ पुरुष छन् । काठमाडौंमा १९९, भक्तपुरमा १८ र ललितपुरमा २७ जना नयाँ संक्रमित थपिएका हुन् ।

आज थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार ८०८ पुगेको मन्त्रालयले जनाएको छ । हाल चार सय जना क्वारेन्टाइनमा छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *