जीवनसिंह राजवंशी, ९ पौष–सिंचाईको प्रवन्ध हुने भएपछी झापाको शिबसताक्षीसहित दक्षिणी गौरिगञ्जको बाँझो जमिन खेतियोग्य जमिनमा परिणत हुने भएको छ । नेपाल–भारत सिमा क्षेत्र गौरिगञ्ज गाउँपालिका वडा नम्बर २ लालमाटीमा सिँचाईका लागी डिप बोरिङ्गको कार्य युद्धस्तरमा कार्य भईरहेको हो ।
क्षेत्र नम्बर ४ (क) का प्रदेश सांसद एबम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलकसिंह दर्लामीको पहलमा संघीय सरकारको सिँचाई जलस्रोत तथा उर्जा मन्त्रालय अन्र्तगत तराई मधेश समृद्ध योजना मार्फत ७५ लाख बजेट बिनियोजन भएसँगै डिप बोरिङ्गको कामले तिब्रता पाएको हो । डिप बोरीङ्गको कार्य उच्चाकोटी ट्युवेल ड्रिलिङ्ग कम्पनि प्रा.लि धनगढीलाई जिम्मा दिइएको छ ।
हाल पहिलो चरणको डिप बोरीङ्ग गाड्ने कार्य भईरहेको छ । पानीको सतह १ सय फीटदेखी १ सय २० फीट गहिराईमा डिप बोरीङ्ग गाडीने छ । जसको कार्य अन्तिम चरणमा पुगेको उच्चाकोटी ट्युवेल ड्रिलिङ्ग कम्पनि प्रा.लिका डाईरेक्टर उपेन्द्रकान्त पन्तले बताउनुभयो ।
प्रदेस सांसद एबम् नेकपाका नेता दर्लामीका स्वकीय सचिव दुर्गा नेम्बाङका अनुसार सिँचाईका लागी डिप बोरीङ्को कार्य सुचारु भएसँगै यस भेगका कृषकहरु उत्साहित भएका छन् । सिँचाईका लागी डिप बोरीङ्को कार्य शुरुवात गर्नका लागी गत बर्षको फाल्गुनमा स्थानीय मोतीप्रसाद नेपालको अध्यक्षतामा ७ सदस्सीय समिती गठन गरीएको थियो । तर, कारोना भाईरसको महामारीका कारण निर्माण कार्यले गति लिन सकेन ।
सिँचाईका लागी डिप बोरीङ्को ड्रिलिङ्ग गर्ने कार्य सम्पन्न भए पश्चात दास्रो चरणको ठेक्का सम्झौता भएमा संरचना निर्माण, पाईप बिस्तार लगायतका कामहरु बाँकी रहनेछन् । योजना समयमा सम्पन्न भएमा यस सिँचाई योजनाले ८० देखी एक सय बिघा क्षेत्रफलमा सिँचाई पुर्याउन सक्ने स्वकिय सचिव नेम्बाङले बताए ।
क्षेत्र नम्बर ४ (क) मा ३ स्थानमा गरी झापामा यस्ता ८ वटा योजनाहरु शुचारु अवस्थामा रहेका छन् । योजनाले निरन्तरता पाउने हो भने उर्वरक्षेत्र मानिएको दक्षिणी भेगमा सिँचाईको अभावका कारण बाँजो रहेका सयौँ बिघा जमिनहरुमा कृर्षिजन्य बस्तुहरुको उत्पादनमा बृद्धी हुने देखिन्छ ।
