धरमपुर, ९ पुस–झापाको धरमपुरस्थित शुक्रबारे बजारमा आज एक कार्यक्रमबीच १३ जना अपाङ्गहरुलाई न्यानो कपडा सुइटर र ज्याकेट बितरण गरिएको छ । शिबसताक्षी अपाङ्ग सेवा समितिद्धारा आयोजित कार्यक्रममा शिबसताक्षी–१ का १३ जना अपाङ्गहरुलाई न्यानो कपडा बितरण गरिएको हो ।

अपाङ्ग सेवा समिति शिबसताक्षीका अध्यक्ष प्रदिप कुमार तामाङको अध्यक्षतामा कार्यक्रम भएको थियो । सो कार्यक्रममा शिबसताक्षी–१ का वडा सदस्य प्रवित्रा घिमिरेले अपाङ्गहरुलाई कपडा बितरण गरेका थिईन् ।

कार्यक्रमकी प्रमुख अतिथि समेत रहनुभएकी वडा सदस्य प्रवित्रा घिमिरेले वडा कार्यालयबाट आगामी बर्षका नीति, कार्यक्रम र बजेटमा महिला, बालबालिका, अपाङ्ग र दलित समुदायलाई समेट्दै जाने बताईन् ।

यसरी कपडा पाउनेहरुमा लालबहादुर, पदम बराल, धनमति मुखिया, खेमराज मगर, भक्तबहादुर माझी, हर्कमााया राई, निर्मल नेपाली, बाघध्वोज लिम्बू, आनन्द नेम्बाङ, अमृत कुमार राई, गोपाल बिश्वकर्म, प्रदिप कुमार तामाङ र एन्जल भट्टराई छन् ।

अपाङ्ग सेवा समितिका उपाध्यक्ष मोहन सेनचुउरीले सञ्चालन गरेको कार्यक्रममा सचिव मित्रलाल लकान्द्रीले स्वागत मन्तव्य राखेका थिए । स्वागत मन्तव्यको क्रममा लकान्द्रीले अपाङ्गहरुलाई दया र मायाको साटो अवसर प्रदान गर्न जोडदार माग गरेका थिए ।

कार्यक्रमका सञ्चालक एबम् शिबसताक्षी सुन चाँदी व्यवसायी संघका पुर्वअध्यक्ष सेनचुउरीले अपाङ्गहरुको हक, हित र अधिकारको निम्ति शिबसताक्षी अपाङ्ग सेवा समितिले बिभिन्न अवसरमा कार्यक्रमहरु सञ्चालन गरिदै जाने बताए । उनले वड कार्यालयबाट आर्थिक बर्ष २०७७।०७८ बाट प्राप्त बजेटबाट वडाभित्रका अपाङ्गहरुलाई चिसोमा लगाउने न्यानो कपडा बितरण गरिएको बताए ।

सो अवसरमा धरमपुरका सामाजिक तथा व्यवसायीक अगुवा नेत्र नेम्बाङ, शुक्रबारे बजार व्यवस्थापन समितिका अध्यक्ष गोपिचन्द्र पोख्रेल, शुक्रबारे बजार व्यवस्थापन समितिका पुर्वअध्यक्ष जयबहादुर बिश्वकर्मले शुभकामना मन्तव्य राखेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *