काठमाडौं १० पुष–प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आएको विभाजनसँगै सात मन्त्रीले राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले नयाँ मन्त्री नियुक्त गरेका हुन् ।

प्रधानमन्‍त्री ओलीको सिफारिसअनुसार राष्ट्रपति कार्यालयले शुक्रबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेको जानकारी दिएको हो। शक्रबार साँझ नै नयाँ मन्त्रीको शपथ ग्रहण गरेका छन्

टोपबहादुर रायमाझी, जुलीकुमारी महतो, मणि थापा, गौरीशंकर चौधरी, प्रभु शाह, प्रेम आले, गणेश ठगुन्ना र दावा तामाङ नयाँ मन्त्री बनाइएको छ । विमला विकले राज्यमन्त्री पाएका छन् ।

उनीहरुलाई निम्न मन्त्रालयको जिम्मा दिइएको छ । टोपबहादुर रायमाझी-उर्जा, जलस्रोत तथा सिञ्चाई, प्रभु साह–शहरी विकास, मणि थापा-खानेपानी तथा सरसफाइ, गौरीशकर चौधरी-श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गणेश ठगुन्ना-संघीय मामिला तथा सामान्य प्रशासन, प्रेमबहादुर आले–वन तथा वातावरण, जुलीकुमारी महतो-महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, दावा लामा–युवा तथा खेलकुद ।

त्यस्तै, विमला विश्वकर्मा उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको जिम्मेवारी पाए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *