काठमाडौं, १० पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयताविरोधी नेता भएको बताएका छन्। अध्यक्ष नेपालले नेपालमा गणतन्त्र आउँदैन भनेर ओलीले पार्टीमा फरक मत राखेको उल्लेख गर्दै यो व्यवस्थाप्रति ओलीलाई कुनै मोह नभएको जिकिर गरे ।

शुक्रबार बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा नेपालले भने तत्कालीन एमालेमा ओलीले गणतन्त्रबारे फरक मत राख्दा आफू, झलनाथ खनाल, अमृतकुमार बोहोरा लगायतका नेताहरु साक्षी रहेको बताए । भने, ‘उहाँलाई गणतन्त्रप्रति अपनत्व छैन । गणतन्त्र विरोधी मान्छे हो । संघीयता विरोधी मन्छे हो ।’

नेपालले नेकपाको सम्पत्ति आफूहरूको भएको बताएका छन्। ‘नेकपाको सम्पत्ति हाम्रो हुनेछ,’ उनले भने, ‘कसैका प्रालिका सम्पत्ति छन् भने हामी लिदैनौं।’

अध्यक्ष नेपालले पदले व्यक्तिमा अहङ्कार पैदा गर्ने गरेको बताए । ‘पदमा भएपछि जो कोही पनि विनम्र हुनुपर्छ’, भने, ‘नेपालको कम्युनिष्ट एकता र आन्दोलनले विश्वलाई नै उदाहरण प्रस्तुत गरेको थियो ।’

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले ओली गोर्भाचोभबाटोमा लागेको बताए । नेता नेपालले भने, ‘नेपालमा गोर्भाचोभको जन्म त हुन लागेको त होइन रु’ ओली अहिले कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्न लागेको र कुन दिन कम्युनिसट आन्दोलन सिध्याउने हो भन्ने चिन्ता रहेको बताए ।

ओलीले तानाशाह प्रवृत्ति देखाएको बताए। ‘तानाशाहलाई कहिल्यै पनि बैठक र समितिहरु मन पर्दैन। उहाँले हिजो त्यहि भन्नुभयो,’ नेपालले भने, ‘उहाँलाई एउटा कुरा मात्र मन पर्छ, त्यो हो–ओलीवाद।’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *