झापा, १० पुस–एमडी किरातीको नेतृत्वमा किरात मोर्चा लिम्बुवान संयोजन समिति गठन गरिएको छ ।मोर्चाले आज शुक्रवार बिर्तामोडमा पत्रकार भेटघाट गर्दै किरातीको संयोजकत्वमा २२ सदस्यीय किरात मोर्चा लिम्बुवान संयोजन समिति गठन गरेको जानकारी दिएको हो ।

नवगठित समितिको सदस्यमा पदम चोङ्वाङ, चन्द्र पन्धाक, सुवास योङ्हाङ, देवु राई, हेमन्त खिम्दिन, थामशेर लिम्बू, राम थेगिम, धन थाम्सुहाङ, सृजङ्गा, ध्रुर्व तुम्वापो, दिनेश जवेगु, चन्द्र साँवा, प्रवेश मिभक, वीवी लिम्बू, अनम लिम्बू, चुनाव योङ्हाङ, मेघ लिम्बु, शिव इङ्नाम, केशव आङ्वोहाङ, सिमेलुङ र ओम राजधामी चयन भएका छन् ।

त्यसैगरी समितिको सल्लाहकारहरुमा कुसुम लिङदेन र अशोक नेम्वाङ चयन भएका छन् ।किरात मोर्चाका नेता मिसेकहाङ थाम्सुहाङले नेपाल किरात देश पुनर्निमाण गर्ने उद्देश्यले देशभर संगठन विस्तार गर्ने क्रममा किरात मोर्चा लिम्बुवान संयोजन समिति गठन गरिएको बताए । नेपाल किरात सभ्यताको जगमा किरात देश पुनर्निमाण गर्नुपर्ने र किरात देश अन्तरगत सवैलाई समेट्ने उनले बताए ।

कार्यक्रममा किरात मोर्चा लिम्बुवान संयोजन समितिका संयोजक एमडी किराती, जिल्ला संयोजक साम्योहाङ लिम्वू लगायतले धारणा राखेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *