मोरङ, १० पुष–किरात राई यायोक्खा झापाको आयोजनामा शुक्रबार (पुस १०) आगामी १२ औ राष्ट्रिय जनगणना राई समुदायको भूमिका बारे छलफल भएको छ ।
आगामी जनगणनामा राई समुदायको भूमिका बारे यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राई, अभियानको सदस्यसमेत रहेका केन्द्रीय सचिब अर्जुन जम्नेली राई धारणा राखेका थिए । कार्यक्रममा केन्द्रीय सदस्यहरु नवीन राई, सुशील राई लगायतको उपस्थिति रहेको थियो ।
छलफलपछि इन्द्रमान राईको संयोजकत्वमा ४१ सदस्यीय अभियान समिति गठन भएको छ । समितिमा उद्दब राई, निरबहादुर राई, केबलराम राई, निलबहादुर राई, किशन राई, कौशिला राई लगयत रहेका छन ।
मंसिर २० सुनसरीको धरान र २३ मोरङको कानेपोखरीमा, १२ औ राष्ट्रिय जनगणनामा किरात राईहरुको भूमिका बारे अन्तरकृया भएको थियो । सुनसरीमा बलराम राई र मोरङमा नरहाङ राईको संयोजकत्वमा समिती गठन भएको छ ।
केन्द्रीय तथ्यांक बिभागले आगामी २०७८ जेठ २५ देखि असार ८ सम्म १२ औँ राष्ट्रिय जनगणना गर्दैछ ।
उक्त गणनामा यायोक्खाले जातिको महलमा राई, धर्मको महलमा किरात, भाषा र पूर्खाको भाषाको महलमा आ(आफ्नो थरगत भाषा र दोस्रो भाषाको महलमा नजिकको आफ्नै थरगत भाषा लेख्न लेखाउन अभियान थालेको छ ।
यायोक्खाले केन्द्रीय महासचिव जनक राईको संयोजकत्वमा १२ औं राष्ट्रिय जनगणना अभियान केन्द्रीय उपसमितिू गठन गरेर जिल्ला समितिहरु गठन भइरहेको यायोक्खा केन्द्रीय सचिब समेत रहेका प्रचार बिभाग प्रमुख अर्जुन जम्नेली राईले बताए ।
जिल्ला गठनपछि स्थानीय तह र वडासम्म अभियान समिती बनाएर आफ्नो समुदायलाई सचेत गराउन लागेको यायोक्खाले जनाएको छ । अभियानले राज्यको अंङ्ग केन्द्रीय तथ्यांक बिभागलाई समेत सहयोग पुग्ने यायोक्खाको दाबी छ ।
२०५८ मा भएको राष्ट्रिय जनगणनामा ६ लाख ३५ हजार एक सय ५१ जना रहेको राईको जनसङ्ख्या २०६८ मा १५ हजार एक सय ४७ जना घटेर ६ लाख २० हजार चारजनामा झरेको थियो । उक्त तथ्यांक सहि नभएको यायोक्खाले दाबी गर्दै आएको छ ।
