काठमाडौं, १२ पुस–नेपालका लागि भारतका पूर्व राजदूत मञ्जीवसिंह पुरीले प्रधानमन्त्री केपी शर्मा ओलीले राजसंस्था फर्काउने सम्भावना रहेको दाबी गरेका छन् ।

उनले संसद विघटनपछि पूर्वराजा ज्ञानेन्द्र शाह र प्रधानमन्त्री ओलीबीच यस विषयमा सम्झौता भएको हुन सक्ने समेत पूर्व राजदूत पूरीले आशंका गरेका छन् ।

संसद विघटनपछि विकसित राजनीतिक घटनाक्रमबारे भारतीय अंग्रेजी राष्ट्रिय दैनिक ‘द ट्रिब्युन’ मा लेख लेख्दै पूर्व राजदूत पुरीले अहिलेको घटनाक्रम हेर्दा नेपालमा राजसंस्था पुनस्र्थापित हुँदैन भनेर नर्कान नसकिने विश्लेषण गरेका छन् ।

ओलीले पहिले पनि आफू सांस्कृतिक राजाका पक्षमा रहेको बताउने गरेको उल्लेख गर्दै पूर्व राजदूत पुरीले पूर्वराजा र ओलीबीच राजसंस्था फर्काउने सहमति भएको हुन सक्ने शंका व्यक्त गरेका गरेका छन् ।

पछिल्लो समय देशभर राजावादीको प्रदर्शन हुन थालेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित नेपालकै कतिपय राजनीतिक दलले समेत प्रधानमन्त्री ओली राजावादीप्रति ‘नरम’ देखिएको आरोप लगाइरहेका छन् ।

लेखमा उनले लेखेका छन्, ‘राजतन्त्र अन्त्यपछिको एक दशकसम्म पूर्वराजा चुपचाप रहेको भए पनि पछिल्लो समय राजतन्त्रवादीको देशव्यापी प्रदर्शनपछि भने नेपालमा सरकार र पूर्वराजा वा उनका पक्षधरबीच कुनै सम्झौता भएको हुन सक्ने देखिन्छ । पूर्वराजा वा उनका समर्थकसँग सम्झौताको सम्भावना अस्वीकार गर्न सकिँदैन ।’

पछिल्लो समय देशका धेरै जिल्लामा लगातारजसो राजतन्त्र पुनस्र्थापनाको माग गर्दै प्रदर्शनहरु भइरहेका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *