दमक, १२ पुस–सरकारले असंबैधानिक रुपमा संसद बिघटन गरेको बिरोधमा नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ ले दमकमा बिरोध कार्यक्रम गर्ने भएको छ । आगामी १३ गते आयोजना गरेको बिरोध कार्यक्रमलाई सम्बोधन गर्न कांग्रेस नेता डा मिनेन्द्र रिजाल आउने तय भएको कांग्रेस क्षेत्रीय सचिव धार्मानन्द भट्टराईले जानकारी दिए ।
पार्टीको केन्द्रिय कार्यसमिति बैठकको निर्णय अनुसार हुने बिरोध प्रदर्शनको तयारी स्वरुप आज क्षेत्रीय समिति बैठक बसी कार्यकर्ता परिचालन गर्ने निर्णय गरिएको उनले वताएका छन्।
प्रधानमन्त्रीले असंबैधानिक कदम चालेको भन्दै प्रधानमन्त्रीकै गृहनगरमा बिरोध कार्यक्रम राखिएको पार्टीका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले बताए । क्षेत्रभरीका कार्यकर्ताहरु दमकमा बृहत खबरदारी गरिने उनले बताए ।
पार्टीका जिल्ला सभापति उद्धव थापाले संसद विघटन गर्ने प्रम ओलीको असम्बैधानिक कदम खारेज नभएसम्म आन्दोलन शसक्त वनाउने चेतावनी दिए । त्यस दिन जिल्लाका पाँच वटै क्षेत्रमा एकैसाथ विरोध प्रर्दशन निकालिने सभापति थापाले जानकारी दिए ।
ओलीको गृहनगरमा पुत्ला दहन
ओलीको निर्वाचन क्षेत्रमा आज जनता समाजवादीले संसद विघटनको विरोधमा राके जुलुस प्रर्दशन गरेका छन् । क्याम्पसमोडदेखि निकालिएको जुलुसले नारावाजी गर्दे दमक चौंकमा आएर विरोध सभा गरेको थियो ।
कोणसभामा पार्टीका केन्द्रीय सदस्य देउकुमार नेम्बांग, जिल्ला अध्यक्ष दिपेनवाला राई लगायतले बोलेका थिए । उनीहरुले प्रम ओलीको संसद विघटन गर्ने कदम लोकतन्त्र र संविधान विपरीत भएको बताउदै अविलम्ब संसद पूर्नास्थापना हुनुपर्ने जोड दिएका थिए ।
