मोरङ, १२ पुस–प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपामा विभाजन आएपछि प्रचण्ड–नेपाल खेमाका प्रदेशसभा सदस्यहरुले आज आइतबार बिहान अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

शनिबार मुख्यमन्त्री राईले मन्त्रीबाट बर्खास्त गरेका इन्द्र आंग्बोसहित ३७ सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।भ्रष्टाचार गरेको तथा सांसदहरुलाई काम बिहीन गराएको अभियोग लगाएर दर्ता गरिएको अविश्वास प्रस्तावका प्रस्तावक आंग्बो हुन् ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेमा पूर्व एमालेका २१ तथा पूर्व माओवादीका १६ सांसद छन् । ९३ सदस्यीय प्रदेश सभामा नेकपाका ६७ मध्ये पूर्व एमालेका ५१ र बाँकी पूर्व माओवादीका हुन् । उनीहरुले मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्तावित गरेका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *