दमक , १२ पुस– नेपालको अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखाले आइतबार विमितका परिवारलाई रु १० लाख ६४ हजार हस्तान्तरण गरेको छ ।
कम्पनीका दमक शाखा प्रमुख सुमन कुमार थुलुङका अनुसार बैदेशिक रोजगारीका शिलशिलामा साउदी अरबमा कार्यरत झापा दमक–१ का ५२ बर्षिय प्रेमबहादुर बुडाथोकीको तीन महिना अघि मृत्यु भएको थियो ।
बुडाथोकीका श्रीमती जसमाया खड्का बुडाथोकीलाई रु १० लाख ६४ हजारको चेक हस्तान्तरण गरेको हो । मृतक बुडाथोकीले ११ महिना अघि १३ बर्षे समय अवधिको बीमा गरेका थिए । उक्त बीमा वापत रु १० लाखको अमृत बीमा गरी बार्षिक रु १ लाख ७ सयका दरले पहिलो किस्ता प्रिमियम बुझाउनु भएको थियो ।
दमकस्थित नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखाको कार्यालयमा एक कार्यक्रमबीच चेक हस्तान्त्रण गरिएको अभिकर्ता संघ दमकका सचिव अर्जुन राईले बताए ।
सो कार्यक्रममा कम्पनीका दमक शाखा प्रमुख सुमन कुमार थुलुङ र मृतक बुडाथोकीको बीमा गर्नुहुने दमक निवासी निर्मला लावोतीले मृतकका श्रीमती जसमाया खड्का बुडाथोकीलाई हस्तान्त्रण गरिएको थियो । चेक हस्तान्त्रण कार्यक्रममा अभिकर्ता संघ दमकका सिनियर अभिकर्ता नारायण प्रसाद खरेल, युवराज दंगाल, टीका प्रसाद खरेल लगायत अभिकर्ता र कार्यालयका कर्मचारीहरुको सहभागिता थियो ।
कार्यक्रमलाई अभिकर्ता संघ दमकका सचिव अर्जुन राईले सञ्चालन गरेका थिए । बुडाथोकीको साउदी अरबमा कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
