काठमाडौं, १३ पुस–प्रिमियर लिग फुटबल अन्तर्गत साविकको विजेता लिभरपुल बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा लिभरपुलले वेस्ट ब्रुमसँग १–१ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा भएको खेलमा लिभरपुलले बराबरी खेल्दै अंक बाँडेको हो ।

लिभरपुलले पहिलो हाफमा लिएको अग्रतालाई जोगाउन नसक्दा बराबरी खेल्न बाध्य भयो ।

खेलको १२ औँ मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । पहिलो हाफमा लिएको अग्रता भने लिभपुलले जोगाउन सकनेन् ।

खेलको ८२ औं मिनेटमा वेस्ट ब्रुमका लागि सेमी अजयीले गोल गर्दै टिमलाई हारबाट जोगाए । बराबरीसँगै लिभपुलले अंक तालिकाको शीर्ष स्थानमा ठूलो अंकको अग्रता बनाउन सकेन । लिभरपुल १५ खेलबाट ३२ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ ।

यता वेस्ट ब्रुम भने ८ अंक सहित तालिकाको पुछारबाट दोस्रो स्थानमा छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *