काठमाडौं, १३ पुस–चिनियाँ उच्चस्तरीय टोली आज दोस्रो दिन पनि राजनीतिक भेटवार्तामा व्यस्त भएको छ।

नेकपा विवाद र संसद विघटनपछि नेपाल आएको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येझाउ नेतृत्वको टोलीले नेकपाका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेको छ।

हिजो आएको टोलीले आइतबारनै राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको थियो। चिनियाँ टोलीले अहिले नेकपा ९प्रचण्ड–माधव पक्ष० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चिनियाँ टोलीको भेटवार्ता भइरहेको छ।

प्रचण्डलाई भेटेपछि आजै अर्का अध्यक्ष माधवकुमार नेपाललाई भेट्दैछ। त्यस्तै वरिष्ठ नेता झलनाथ खनाललाई पनि भेट्ने कार्यतालिका रहेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *