दमक, १३ पुस–नेपाली कांग्रेसले आज झापाको दमकमका विरोध प्रर्दशन गरेको छ । विरोध प्रर्दशनमा पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डाक्टर मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीमा सत्तालिप्साका कारण देशमा संकट उत्पन्न भएको आरोप लगाएका छन् ।
ओली एक्लो व्यक्तिका कारण देशमा सम्बैधानिक संकट उत्पन्न भएको जिकीर गर्दे उनले वर्तमान संविधानलाई सत्ता र शक्तिका आडमा आक्रमण गर्ने कार्य कांग्रेस लगायत लोकतन्त्रवादी शक्तिहरुलाई मान्य हुनै नसक्ने वताए ।
कांग्रेसले आज देशव्यापी रुपमा आयोजना गरेको विरोध कार्यक्रम अन्तर्गत दमकमा आयोजित कोणसभामा बोल्र्दे डाक्टर रिजालले ओली सरकारले संविधानमाथि आक्रमण गरेर देशलाई कमजोर वनाउन वर्तमान सरकारको कदम असफल बनाई छाड्ने वताए । संविधानको रक्षा र समृद्धिको लक्ष्यलाई पूरा गर्न कांग्रेसमा थप जिम्मेवारी आएको वताउदै उनले सत्ता र शक्तिको आडमा देश कव्जा गर्ने दुस्साहस नगर्न चेतावनी दिए ।
नेकपाको आन्तरिक द्धन्दका कारणनै देशमा संकट निम्तिएको चर्चा गर्दे उनले, –‘स्थिर सरकारको अभिमतलाई कुल्चने मात्र होइन संविधान माथि ठाठो हस्तक्षेप भएको छ ,यो असम्बैधानिक कदम कांग्रेसलाई स्वीकार्य छैन् ’ लोकतन्त्र र देशको समृद्धिको लक्ष्यमा कम्यूनिष्ट सरकारले चुनौती वढाएको उनको भनाई थियो । अहिलेको संविधान र राज्य व्यवस्था आम नेपाली जनताको लामो संघर्ष र बलिदानीको उपलब्धि आएको भन्दै उनले जनताको उपलव्धिलाई कुठाराघात गर्न कसैले नसक्ने पनि चेतावनी दिए ।
ओलीले संविधानलाई आक्रमण गरेर संसद विघटन गराएको र कांग्रेसका लागि चुनाव भन्दा पनि संविधानको रक्षा गर्न संघर्ष गर्नुपरेको उनको भनाई थियो ।अब संसद पुनस्र्थापना नगरिए संविधानको हत्या भएको ठहर हुने भन्दै सम्मानित सर्वोच्च अदालतले पनि त्यो अवस्था आउन नदिनेमा आफूहरु विश्वस्त रहेको नेता रिजालको निष्कर्ष थियो ।े
विरोध सभामा पार्टीका आमन्त्रित केन्द्रीय सदस्य दिलीप राई, क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, नगर सभापति रोशन विष्ट लगायतले समेत बोलेका थिए ।
कोणसभा अघि दमकमा निकालिएको विरोध कार्यक्रममा प्रर्दशनकारीहरुले ओली सरकार विरुद्ध चर्का नारावाजी लगाएका थिए । प्रम ओलीले संसद विघटन र राष्ट्रपति विद्यादेवी भण्डारीवाट मध्यावधि निर्वाचनको घोषणाको कार्य असम्बैधानिक भएको भन्दै कांग्रेसले आज देशव्यापी विरोध प्रर्दशन गरेको हो ।
