दमक, १३ पुस–संसद विघटन भएसंगै रुष्ट बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आज प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाको दमकमा प्रदर्शन गरेका छन् ।
जिल्लाको दमक, बिर्तामोड र काकड्भिटटा लगायतका मुख्य शहरमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले मसाल जुलुस प्रदर्शन गरेका हुन् । प्रर्दशनकारीले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध चर्का नाराबाजी गरेका थिए ।
दमकमा प्रर्दशनकारीहरुले नारावाजी गरि विरोध जारी राखेका थिए । प्रर्दशनकारीले ओली सरकारले संविधानमाथि आक्रमण गरेर देशलाई कमजोर वनाउन वर्तमान सरकारको कदम असफल बनाई छाड्ने वताएका थिए । सो क्रममा प्रहरीले प्रर्दशनकारीलाई रोक्ने प्रयास गरेका थिए ।
जुलुसमा राष्ट्रिय युवा संघ झापाका उपाध्यक्ष एबम् शिबसताक्षी नगरपालिकाका प्रवत्ता नविन इजम, नेकपा शिबसताक्षी नगर अध्यक्ष महेन्द्र भटटराई, नेकपा कमल गाउँपालिकाका सचिव रबिन गुरुङ, लगायतका नेताहरुले सहभागिता जनाएका थिए ।
गत पुस ५ मन्त्रिपरिषद बैठकले प्रतिनिधि सभा विघटनको सिफारिस गरेर त्यही दिन राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन्।
बिर्तामोडमा निकालिएको पश्चिम बस स्ट्यान्डमा भेला भएका प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले मुक्ति चोक नजिक आएर कोण सभा गरेका थिए । कोणसभामा बोल्दै नेताहरुले प्रम ओलीको असम्बैधानिक कदम खारेज नभएसम्म आन्दोलन नरोकिने वताएका थिए ।
