हेटौँडा, १४ पुस–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अबको विकल्प राप्रपा भएको बताएका छन् ।
सोमबार आफ्नो चुनावी क्षेत्र मकवानपुर–१ को वाग्मती गाउँपालिकामा आयोजित अगुवा कार्यकर्ता भेलामा थापाले यस्तो बताएका हुन् । उनले अब कांग्रेस र कम्युनिस्टको विकल्प राप्रपा भएको दाबी गरे ।
क्रान्ति र परिवर्तनको गफ दिने शक्तिहरु स्वार्थ, शक्ति र पदको भागबन्डामा रुमलिएर देशलाई बर्बाद गराउन उद्दत रहेको भन्दै थापाले आफूलाई ठूला भन्ने शक्ति कांग्रेस, कम्युनिस्ट असफल भएको बताए ।
०६२र६३ को परिवर्तनपछि मुलुकले लिएको बाटो र मार्गचित्र त्रुटिपूर्ण भएको भन्दै थापाले त्यो मार्ग सच्याउन जरुरी भएको बताए ।
कार्यक्रममा अध्यक्ष थापाले विभिन्न पार्टी परित्याग गरेकालाई राप्रपामा स्वागत गरेका थिए ।
