दमक, १४ पुस–कोरोना भाइरसको संक्रमणवाट झापामा हालसम्म १३१ जनाको मृत्युभएको छ भने ४५०० संक्रमित भएका छन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईका अनुसार कोरोना संक्रमणवाट हालसम्म जिल्लाका विभिन्न १५ वटा स्थानीय तहका १३१ जना संक्रमितको ज्यान गएको छ ।
त्यस अवधिमा ५ हजार २९४ जनाको स्वाब संकलन गरिएको थियो । त्यस्तै, निको भएर घर फर्किनेको संख्या भने ४ हजार १८४ जना रहेको चौलागाईले बताए । अहिलेसम्म आइसोलेसनमा रहेका सकृय संक्रमित १८५ र होम आइसोलेसनमा १७९ जना रहेको उनको भनाइ छ ।
झापामा आज २ जना संक्रमित थपिएका छन् । मेचीनगर नगरपालिका वडा नम्बर ७ र ८ का १ जना महिला र १ जना पुरुष संक्रमित भएको चौलागाईले बताए ।
