बिर्तामोड, १४ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाको जिल्ला भेला सम्पन्न भएको छ । पार्टी एकताको पक्षमा र प्रतिगमनको विरुद्धमा बिर्तामोडस्थित गौरीशंकर स्मृति प्रतिष्ठानमा आज भेला सम्पन्न भएको हो ।
चार सयभन्दा बढी पार्टी कार्यकर्ताको सहभागी भेलामा प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य एवम् प्रदेश सहइञ्चार्ज नरेश खरेलले खुन–पसिना बगाएर स्थापित कम्युनिष्ट सरकार जनतालाई धोका दिन नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जनताले दिएको बहुमतलाई अपमान गरेर प्रतिगमनमा जाने छुट कसैलाई छैन ।’
भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज रविन कोइरालाले झापा प्रतिगामीहरुको नभई क्रान्तिकारीहरुको जिल्ला भएको बताउनुभयो ।
केन्द्रीय सदस्य तथा झापा सह–इञ्चार्ज धर्मशीला चापागाईले सुखानीका शहीदहरु जन्मिएको जिल्ला झापा कम्युनिष्टहरुको किल्ला हुनुपर्नेमा जोड दिनुभयो । उहाँले त्यसको निम्ति कम्युष्टिन पार्टीका सचेत कार्यकता एकजुट हुन आह्वान गर्नुभयो ।
त्यस्तै, प्रदेश सदस्य झलकसिंह दर्लामी ९सन्देश० ले संवैधानिक ‘कु’ र प्रतिगमनको विरुद्ध झापाली जनतलाई एकजुट भएर अघि बढ्न आह्वान गर्नुभयो । ‘झापाली जनता क्रान्ति र परिवर्तनमा जहिल्यै उभिएका छन्’, उहाँले भन्नुभयो, ‘झापा प्रतिगमनको पक्षमा छैन ।’ उहाँले पुस १८ गते तय गरिएको सडक संघर्षमा उत्रन सबैलाई अपिलसमेत गर्नुभयो ।
प्रतिगमनविरुद्ध आगामी कार्यक्रम
पुस १६ गते झापाको १३१ वटै वडा कमिटीको भेला पार्टी सदस्यहरुको व्यापक सहभागितामा सम्पन्न गरिने भएको छ । सो भेला सम्पन्न गर्न सम्बन्धित गाउँरनगरमा रहनुहुने प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य र गाउँ-नगरका अध्यक्ष, सचिवले कार्य विभाजन गर्ने नेकपा झापा सचिव मणिकुमार साम्पाङले जानकारी दिनुभयो । पुस १८ गतेको प्रतिगमन विरुद्धको आन्दोलनमा जिल्लाका १५ वटै स्थानीय तहबाट ८ हजार सात सय पार्टी कार्यकता सहभागित हुने उहाँले बताउनुभयो ।
‘प्रतिगमनविरुद्धको संघर्षको दैनिक कार्यक्रम जिल्ला कमिटी मातहतका जवस÷ मोर्चाहरुको संयुक्त संघर्ष समिति बनाइ उक्त संघर्ष समितिको नेतृत्वमा नियमित संघर्षको कार्यक्रम सम्पन्न गरिनेछ’, उहाँले भन्नुभयो, ‘जवस÷ मोर्चाका पदाधिकारीहरुको संयुक्त भेला पुस २० गते गौरीशंकर स्मृति प्रतिष्ठान बिर्तामोडमा आयोजना गरिनेछ ।’
भेलाले प्रचार–प्रसारको कामलाई व्यवस्थित गर्नका लागि विरेन्द्र बस्नेत, सन्तोष आचार्य, दधि रिमाललाई जिम्मेवारी दिएको छ । प्रतिगमनको विरुद्धमा उभिएका सबै राजनीतिक दलसँग समन्वय गरी संयुक्त संघर्षका निम्ति पहल गर्ने भेलाको निष्कर्ष छ ।
