दमक, १४ पुस–झापाको शिवसताक्षी नगरपालिका-१० मा आज भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले शौचालय गएर फर्कदै गरेका को २ च १५८२ नम्बरको पिकअपका चालक, केरावारी गाऊँपालिका–८ मोरङका ४६ वर्षीय भोजराज आचार्यलाई ठक्कर दिंदा घाइते भएका आचार्यको बिर्तामोडको बिएण्डसी अस्पतालमा उपचारको क्रममा आज बिहान पौने १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिई अन्य थप अनुसन्धानई भईरहेको उक्त कार्यालयले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *