काठमाडौं, १४ पुस–नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको आयु पुगेको बताएका छन् । आज संसद विघटनविरुद्ध काठमाडौंमा आयोजित विरोधसभालाई सम्वोधन गर्दै अध्यक्ष नेपालले भने, ‘निरंकुश बाटो समातेका केपी ओलीको आयु अब पुग्यो ।’

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनको पहिलो चरणमा भृकुटीमण्डमा मंगलबार आयोजित विरोधसभामा बोल्दै नेपालले निरंकुश बाटो समेतका केपी ओली एण्ड प्रवृत्तिको आयु सिद्धिएको बताए । बिगतमा केपी ओलीले गणतन्त्रको आन्दोलनको खिसिटिउरी गरेको भन्दै नेपालले भने, ‘बयलगाडा चढेर वासिङ्टन पुग्न सकिँदैन महामहिम केपी शर्मा ओलीजीले बोल्नु भएको थियो ।’

ओलीलाई गणतन्त्रप्रति माया नभएको नेपालले आरोप लगाए । उनले प्रतिनिधिसभा भङ्ग भइसकेपछि प्रधानमन्त्री नहने बताएका छन् । उनले संसद विघटन भइसकेकाले ओली काम चलाउ भइसकेको बताए ।

उनले आफू काम चलाउ भए पनि मानिसलाई मन्त्री, विभिन्न निकायमा नियुक्तिलगायतका लोभ देखाइरहेको बताए । ओलीको चाला बुझेकाहरुले अहिले मन्त्री पद अस्वीकार गरेर आफूतिर आइरहेको अध्यक्ष नेपालले बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *