जीवनसिंह राजवंशी शिबगञ्ज (शिबसताक्षी), १५ पुस–झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ मा रहेको उज्वल महिला कृषि सहकारी संस्था लिमिटेडले रु ४ लाख बढी मुनाफा गरेको छ ।

बुधबार सहकारीको १४औं बार्षिक साधारणसभामा उज्वल महिला कृषि सहकारी संस्था लिमिटेडका लेखा संयोजक जगतबीर लिम्बुले बार्षिक प्रतिवेदनमा उल्लेखीत आय–व्यय शेयर सदस्य समक्ष रु ४ लाख ५३ हजार १ सय ८३ मुनाफा गरेकोको बताउनुभएको हो । संस्थाले १९ लाख ६६ हजार ४ सय ९ रुपैयाँ कुल आम्दानी गरेको छ भने कुल खर्चतर्फ १५ लाख १० हजार २ सय २६ रुपैयाँ खर्च गरेको छ ।

यस्तै, बार्षिक साधारणसभामा संस्थाले उत्कृष्ट कर्मचारी तर्फ लेखा समितिका सदस्य कमला रोक्का, उत्कृष्ट ऋणीतर्फ रुपमाया कुवंर, उत्कृष्ट बचतकर्तामा गीता कडरीया ढकाल, उत्कृष्ट कृषकमा धनकुमारी राजवंशी लगायतलाई सम्मान गरेको छ ।

संस्थाकी अध्यक्ष विक्ष्णुकुमारी चाम्लागाई (रोजी) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उप प्रमुख भोजकुमारी नेपाल, प्रमुख प्रशासकिय अधिकृत गीता कुमारी राईको उपस्थिती रहेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *