धमरपुर, १५ पुस–झापाको धरमपुरमा आज लिम्बू समुदायले चासोक तङनाम धुमधामका साथ मनाएको छ । किरात याक्थुम चुम्लुङ शिबसताक्षी-१ धरमपुरले चासोक तङनाम मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि धरमपुरका सामाजिक अगुवा चन्द्रबीर नेम्बाङले किराँत समुदायभित्रका जातजातिहरुले मार्गशीर्ष शुल्क पूर्णिमाका दिन मनाइने पर्वलाई फरक–फरक नाम दिएर उधौली मनाउने गरेको बताए । उनले यस पर्वमा खासगरी किरात समुदायले आफुले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवता (माङ) लाई चढाउने र खानका लागि अनुमति माग्ने दिनलाई उधौलीको रुपमा मनाइने प्रचलन सुरु भएको बताए ।

उधौलीलाई किराँत समुदायभित्रका सुनुवारले फोलस्यादर, राईले साकेला, साकेवा, याक्खाले चासुवा र लिम्बूले चासोक तङनामको नाम दिएर आ–आफ्नो मुन्धुम अनुसार मनाउने गरिएको नेम्बाङले बताए । उनले यस दिनमा आफ्ना पितृहरुलाई समेत स्मरण गर्ने गरेको बताए ।

चासोका तङनाम–२०७७ कार्यक्रम मुल आयोजक समितिका संयोजक अभिषेक नेम्बाङको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा कवि तथा मुन्धुम सम्बन्धी जानकार जीतेन मुस्कान, पत्रकार सेलिङ केसी, किरात याक्थुम चुम्लुङ शिबसताक्षीका अध्यक्ष बीरबल जबेगु लिम्बू, सचिव प्रेम शेर्मा, सामाजिक तथा राजनीतिकर्मी जयकुमारी चेम्जोङ, आदीवासी जनजाति शिबसताक्षीका नेता भीमबहादुर सुनुवार, माझी उत्थान संघ शिबसताक्षीका अगुवा सन्तबीर माझी, याक्थुम चुम्लुङ शिबसताक्षी–१ का अध्यक्ष दुर्गा चेम्जोङ, धरमपुरका युवा राजनीतिकर्मी नेत्र नेम्बाङ, एल नेम्बाङ, युवा राजनीतिकर्मी प्रताप निङलेखु,  आदीवासी जनजाति महासंघ वडा नं १ का  अध्यक्ष बिकेक सुनुवार लगायतका व्याक्तित्वहरुको उपस्थिति थियो ।

बिहानको पुजापछि कार्यक्रममा च्याब्ररुङ, ढोल झ्याम्टासहित लिम्बू समुदायहरुबीचमा च्याब्ररुङ, केलाङ, माङलाङ नृत्यहरु प्रस्तुत गरिएको थियो । त्यस्तै, कार्यक्रममा साँस्कृतिक खेलकुद अन्तर्गत छेलो, धनुषबाण, डोरी तानातान प्रयिोगिता समेत सञ्चालन गरिएको थियो ।

लिम्बूहरुले युमासामाङ र थेवासामाङलाई आफ्नो इष्टदेवता मान्छन् भने तागेरा निङ्वाफुमाङलाई देबिदेवताका रुपमा पुज्ने गर्छन् । तागेरा निङ्वाफुमाङलाई प्रकृतिसहितको आकृति विनाको अदृश्य शक्तिको रुपमा पुज्ने भएकोले मूर्ति वा प्रतिमा बिनानै कार्य सम्पन्न गरिने प्रचलन छ ।

याक्थुम चुम्लुङ धरमपुरका समिर योङहाङले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई दिल सेरेङले सञ्चालन गरेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *