बिर्तामोड, १५ पुस–एसी-फर्निचर, डेकुरेसन लगायत पार्केटिङ सम्बन्धीका सामाग्रीहरु एकै ठाउँबाट बिक्री गर्ने उदेश्यले झापाको बिर्तामोडमा हिमालय इन्टेरियर औपचारिक रुपबाट सञ्चालनमा आएको छ । बिर्तामोड शनिश्चरे रोडस्थित अग्रसन भवन नजिकै रहेको हिमालय इन्टेरियरबाट अमेरिकन र थाइल्याण्ड कम्पनीका अन्तराट्रिय ब्राण्डका पार्केटिङ ग्यारेन्टीमा बिक्री सुरु भएको हो ।

बुधबार एक कार्यक्रमबीच हिमालय इन्टेरियरको समुद्घाटन गरिएको छ । कम्पनीका सिइओ दीपक थापाले रिवन काटेर हिमालय इन्टेरियरको उद्घाटन गरेका हुन् । सो अवसरमा नेपाल चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओम बिमली, निबर्तमान सांसद एलपी साँवा र सांसद झलकसिंह दर्लामी, शिबसताक्षीका सामाजिक अगुवा महेन्द्र भट्टराई लगायत उद्यमी तथा व्यवसायीहरुको उपस्थिती थियो ।

कम्पनीका सञ्चालक नबिन बाँस्कोटाका अनुसार आधुनिक समयमा घरको सजि–सजावट गर्न अनिबार्य भइसकेको छ । उनले हिमालय इन्टेरियरबाट घरको सजि–सजावट गर्ने अन्तराष्ट्रिय ब्राण्डका पार्केटिङ १० वर्ष सम्मको ग्यारेन्टीसहित बिक्री गरिने बताए ।

थाइल्याण्डमा निर्माण भएको भाना चाई पार्केटिङ भाना प्लस नाम दिएर नेपालमा भित्राएको हिमालय इन्टेरियरका सञ्चालक बाँस्कोटाले बताए । त्यस्तै, अमेरिकन कम्पनी (मेसोनाइट) को ढोका, स्क्रिन ढोका १० वर्षसम्मका लागि रिप्लेसमेन्ट ग्यारेन्टीका साथ पाइने बाँस्कोटा बताउँछन् ।

सञ्चालक बाँस्कोटाका अनुसार झापामै पहिलो पटक घरको डेकुरेसन सम्बन्धी प्रयोग हुने यी सामाग्रीहरु बिक्रि गर्न सुरु भएको हो । बाँस्कोटाले भने–’डिलरको रुपले बिर्तामोडमा स्थापना भएको हिमालय इन्टेरियर झापामा पहिलो पटक हो ।’ उनले सामान्य तवरले पार्केटिङका सामाग्रीहरु झापामा बिक्रि हुने गरेको छ तर डिलर मार्फत व्यवसायको रुपमा पहिलो भएको दाबी गरे ।

हिमालय इन्टेरियरमा आगो र पानीबाट बच्न स्क्रेच प्रुफ पार्केटिङ, टेस्लाको एसी, मुल ढोका, किचन लगायत सम्पूर्ण घरको डेकुरेसन गरिने र पार्केटिङका विभिन्न धेरै कलरहरु उपलब्ध हुने बाँस्कोटाले जानकारी दिएका छन् ।

बास्कोटाको स्थाई घर शिबसताक्षी–९ हो । उनी रोजगारको शिलशिलामा दक्षिण कोरियामा कार्यरत थिए । पाँच बर्ष दक्षिण कोरियाको बसाई पछि उनले आफ्नै गाउँ ठाँउमा व्यवसाय सुरुवात गरेका हुन् । दक्षिण कोरियामा कार्यरत हुँदा झापाली समाजका अध्यक्ष भएर सामाजिक क्षेत्रमा कार्य गरेका बाँस्कोटा बताउँछन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *