दमक, १६ पुस–झापाकोबिर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच साहित्यकार, गीतकार तथा मोडल भगवती ढुंगेलको चौथो कृतिकवितातथागीति संग्रह ‘देश र आमा’विमोचन गरिएको छ ।
मातृकला साहित्य आश्रम मेचीनगरको आयोजना तथा सरगम संगीतालय बिर्तामोडको सहआयोजनामा बुधबार भएको कार्यक्रममा उक्त कृतिको बिमोचन गरिएको हो । मातृकला साहित्यआ श्रम मेचीनगरका अध्यक्ष मातृका प्रसाद संग्रौलाको अध्यक्षता तथा प्रा डा टंक न्यौपानेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सरगम संगीतालय बिर्तामोडका प्रवन्ध निर्देशक दीपक रायमाझीले स्वागत गरेका थिए ।
कार्यक्रममा प्रा डा न्यौपाने, प्राज्ञ सभा सदस्य शुभद्रा भट्टराई, कोमलप्रसाद पोखरेल, पुण्यप्रसाद खरेल, राजेन्द्र संग्रौला, देवीभक्त श्रेष्ठ, शिवशंकर थापा, केशव आचार्य, प्रेम प्रकाश फलाहारी, देवी संग्रौला, बिर्तामोड- २ का वडाध्यक्ष नगेन्द्र संग्रौलालगायतले कृतिको विमोचन गरेका थिए ।
कार्यक्रममाकवयित्री ढुंगेलले आफ्नो चौथो कृतिको रुपमाकवितातथागीति संग्रह ‘देश र आमा’ विमोचन गरिएको बताइन् । देवी संग्रौलाले पुस्तकको समीक्षा गरेका थिएभने प्राज्ञ सभा सदस्य भट्टराईले ढुंगेलले साहित्यिक कृतिप्रकाशन गरेर साहित्यको क्षेत्रमा एउटा इँटा थपेको बताइन् ।
कार्यक्रममा साहित्यकार विनोद खनाल, विद्या निर्दोशी, अम्बिका घिमिरे, युवा वैज्ञानिक शिवराज लिम्वू, चर्चित लोकदोहोरी गायिका कल्पना दाहाल, नेपाल लोकदोहोरी प्रतिष्ठान झापाका अध्यक्ष तथा लोकदोहोरी गायक अच्यूत दाहाललाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा मृगौला पीडित वरिष्ठ वाद्यवादक फूर्वा योञ्जनलाई स्थानीय रामप्रसाद मैनालीले दशहजार रुपैयाँ प्रदान गरेका थिए । उक्त रकम साहित्य चौतारी झापाका संस्थापक-संरक्षक देवीभक्त श्रेष्ठ, संस्थापक अध्यक्ष शिवशंकर थापा, सरगम संगीतालय बिर्तामोडका प्रवन्ध निर्देशकदीपक रायमाझीलाई हस्तान्तरण गरिएको थियो ।
सोही कार्यक्रममा लोकगायिका दाहालले नेपाल लोकदोहोरी प्रतिष्ठान झापाका अध्यक्ष तथा लोकदोहोरी गायक अच्यूत दाहालसंग पूर्वेलीभाकाको लोकदोहोरी गाएको मोडल जनक खड्काले बताए । कार्यक्रममा कलाकारहरु कृपापौडेल, अनुजा कडरिया, श्रद्धा प्रसाईले गीत प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसी निरौला र मदन आश्रित चुडालले गरेका थिए ।
विर्तामोड-१ निवासी ढुंगेलका उपन्यासहरु ‘आधा सत्य’ ‘प्रेमिल’ ‘प्रेमकुण्ड’ र ‘मधुशालाबन्यो’ र ‘हाँसौ कसरी’ ‘न पिउँत’ बोलको गीत र म्युजिक भिडियो समेत सार्वजनिक भइसकेका छन् ।
