अनिलदेब राई/धरमपुर, १६ पुस–पार्टी एकताको पक्षमा र प्रतिगमनको विरुद्धमा झापाको शिबसताक्षी नगरपालिकामा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल पक्षले नगरको ११ वटै वडामा कार्यकर्ता भेटघाट र छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुहमत प्राप्त प्रतिनिधिसभा (संसद) बिगटन गरेर देशमा राजनीतिक अन्यौलता र अराजकता सृजना गरेको भन्दै नेकपा शिबसताक्षी नगर कमिटि (दाहाल-नेपाल) पक्षधरले कार्यकर्ता भेटघाट र छलफल कार्यक्रम सम्पन्न गरेको हो ।

शिबसताक्षी–१, २ र ३ को धरमपुरस्थित मंगलबारे बजारस्थित शान्तिराम न्यौपानेको घरमा आयोजित कार्यक्रममा प्रदेश सांसद झलकसिंह दर्लामी मगरले प्रधानमन्त्री तथा पार्टी अध्यक्षद्धारा संवैधानिक ‘कु’ गरेकोप्रति खेद प्रकट गर्नुभयो । नेकपा प्रदेश सदस्य समेत रहनुभएका सांसद दर्लामीले पार्टी एकता र संसद पुर्नःस्थापनाको निम्ति देशभरीका कम्युनिष्टहरु एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।

वहाँले पार्टीको केन्द्रीय सदस्य बहुमत पक्षलाई सम्मान गर्न र चुनाव चिन्ह्रको विषयमा बिबाद नगर्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई सुझाए । निर्वाचनको मिति घोषण्ण गर्ने तर निर्वाचनलाई आलटाल गर्ने वहाँको उदेश्य हो, सांसद दर्लामीले भन्नुभयो–’ओलीको नियत खराब छ ।’ निर्वाचनको कुरा गरेर पाँचवर्षसम्म सरकार सञ्चालन गर्ने चालबाजी मात्रै हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सांसद दर्लामीले यही १८ गते शनिबार झापाको बिर्तामोडमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको कदमप्रति खबरदारी गर्दै सडक संघर्षमा सहभागि हुन आग्रह गर्नुभयो ।

सांसद दर्लामीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको कदमप्रति खबरदारी तथा सडक संघर्षमा झापाका सवै पालिकाहरुबाट सहभागि हुन अपिल गर्नुभयो ।

सो कार्यक्रममा नेकपा झापाका सचिवालय सदस्य तथा क्षेत्र नं ४ का सहसंयोजक रामबहादुर राई, नेकपा झापाका सदस्य एबम् शिबसताक्षी नगर उपप्रमुख भोजकुमारी नेपाल, वडा नं ७ का अध्यक्ष एबम् राष्ट्रिय युवा संघ नेपाल झापाका उपाध्यक्ष नबिन इमज, शिबसताक्षी नगरका कार्यालय सदस्य तथा सतासी साप्ताहिक प्रत्रिकाका प्रधान सम्पादक प्रेम याम्फु राईको उपस्थिति थियो ।

त्यस्तैं, कार्यक्रममा नेकपाका नेता दिपक बुडाथोकी, घनश्याम पोख्रेल, शिबसताक्षी नगर सचिवालय सदस्य तथा वडा नं १ का इन्चार्च दुर्गा नेम्बाङ, नगर सदस्य ज्ञानेन्द्र तिम्सिना, भुवन राई, प्रेम राई दुमी, घनश्याम रिसाल, ज्ञानु निङलेखु, वडा नं २ का सहइन्चार्च कुमार कोइराला, राजु दर्नाल, हाम्रो हात्तेमालो कृषि सहकारी संस्था धरमपुरका अध्यक्ष एबम् साविक धरमपुर वडा नं ६ वडा अध्यक्ष ताराप्रसाद गौतम, दिलिप बुडाथोकी लगायतका नेताहरुको सहभागिता थियो ।

वडा कमिटि अध्यक्ष भीम नेम्बाङको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा १ नंम्बर वडा कमिटिका सचिव नेत्र नेम्बाङले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमलाई नेता शान्तिराम न्यौपानेले सञ्चालन गर्नुभएका थिए ।

यता, शिबसताक्षी–४ र ५ को पाँचगाछीस्थित जनता बजारमा, वडा नं ६ र ७ को शिबगञ्जस्थित चन्द्रडाँगी बजारमा, वडा नं ८ र ११ को झिलझिलेमा र वडा नं ९ र १० को अलग–अलग स्थानमा नेकपाले वडा स्तरीय कार्यकर्ता भेला सम्पन्न गरेको छ । वडा नं ९ र १० को अलग अलग कार्यक्रममा पार्टी नगर अध्यक्ष महेन्द्र भट्टराईले सम्बोधन गरेका थिए ।

पार्टी नगर अध्यक्ष भट्टराईले बिरोधका लागि बिरोध नभएर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको संवैधानिक कु र प्रतिगमनको विरुद्धमा झापाली जनताहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो । वहाँले प्रतिगमनको विरुद्धमा उभिएका सवै राजनीतिक दलहरुसँग समन्वय गरी संयुक्त संघर्षका कार्यक्रमहरु बनाएर अघि बढेन जरुरी रहेको बताउनुभयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *