एजेन्सी, ३० असार–स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले ग्रानाडालाई २–१ गोलले पराजित गरेको छ। ग्रानाडाको घरेलु मैदानमा मैदानमा रियललाई जिताउन फर्लान्ड मेन्डी र करिम बेन्जेमाले गोल गरे।
ग्रानडाका डार्विन माचिसले १ गोल फर्काए। जितसँगै रियल बार्सिलोनाभन्दा ४ अंकले अगाडि छ। रियलको ३६ खेलमा ८३ अंक छ भने बार्सिलोनाले ७९ अंक बनाएको छ। अर्को खेलमा अलाभेसलाई पराजित गरे यो सिजनको ला लिगा उपाधि रियलको हुनेछ।
गएराति नै भएका अन्य खेलमा गेटाफेले अलाभेसलाई २–० ले पराजित गर्यो, यस्तै भिल्ला रियल रियल सोसिडाडसँग २–१ ले पराजित भयो।
