काठमाडौं (एजेन्सी), १७ साउन–शुक्रबार विश्वमा कोरोना संक्रमणका कारण ६ हजार ८०० भन्दा धेरै कोरोना संक्रमितको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार शुक्रबार ६ हजार ८१२ कोरोना संक्रमितको मृत्यु भएको छ ।

विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ६ लाख ६८ हजार ९१० जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या १ करोड ७१ लाख ६ हजार ७ पुगेको छ ।

सुरुका केही समय अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको थियो ।

यद्यपि पछिल्लो समय अफ्रिकन देशमा पनि कोरोना संक्रमण महामारीकै रुपमा फैलिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *