दमक, १७ साउन–झापाको दमकबाट इसाई समाज नगर समितिका अध्यक्ष पाष्टर आकाश थुलुङ राई, समाजका सल्लाहकार पाष्टर राजकुमार राईसहित सञ्चारकर्मीको टोली शुक्रबार झापाको माईधारस्थित सुकुमबासी गाउँका बाढीबाट बिस्थापित परिवारहरुसँग भेटघाट गरेका छन् । असार र साउनको अबिरल बर्षासँगै कनकाई नदीमा आएको बाढी र कटानले सुकुमबासी गाउँका ११ घरहरु बिस्थापित भएका छन् ।

बिस्थापित परिवारलाई कनकाई नदी नजिकै साघुरो कटेरोमा त्रिपाल ओढाएर राखिएको छ भने केही घर–परिवारलाई बगर छेउमै जस्तापाताले बेरेर निर्माण गरिएको कोठालाई त्रिपाल ओढाएर राखिएको छ । लगातारको वर्षा र चर्को घामसँगै विस्थापित परिवारहरु यतिवेला कष्टकर जीवन बिताइराखेका छन् । बाँस र जस्तापाताको घेराबारले निर्माण गरिएको कटेरमा त्रिपाल मुनी बस्नुपर्दा बिस्थापित परिवारका बालबालिका र बृद्धाबृद्धहरुलाई स्वास्थ्यमा गम्भिर समस्या उत्पन्न हुने अनुमान गर्न सकिन्छ ।

बिस्थापित परिवार मध्ये तारा शेर्मा एक महिला हुन् । ४२ वर्षिया शेर्माका श्रीमान एक बर्षअघि निधन भएको हो । उनका दुई बर्षका छोरा यतिबेला कटेरमासँगै छन् । छोराको शरिरभरी मसिना (घाँउ–खटिरा) फोकाहरु आएको छ । उनको शरिरमा न त कपडा नै थियो न त शरिरमा देखिएको घाउँ–खटिरामा लगाउने औषधी नै ।
शेर्मा परिवार माइधारमा ८ बर्षदेखी सुकुमबासी गाउँमा बस्दै आएका हुन् । उनका दुई छोरीहरु पनि छन् । तर, दुबै छोरीहरु अर्काको घरमा काम गर्दै जीवन बिताइरहेका छन् । ठूली छोरी काठमाण्डौको एक घरमा छन् भने कान्छि छोरी झापामा नै छन् ।

साउनमा आएको बाढीले बिस्थापित बनेका शेर्मा परिवार अहिले पनि नदीको छेवैमा कटेरो बनाएर बसिरहेका छन् । उनलाई वडा कार्यालयले राहत तथा पूर्नस्थापनाको निम्ति नागरिकता लिएर आउन बताएपनि उनीसँग साथमा नागरिकता छैन् । शेर्माले भनिन्–’म सँग साथमा नागरिकता छैन् । वडा कार्यालयले नागरिकता बिना हुदैन भन्दैछ, पाँचथर माङ्जाबुङमा भएको नागरिकता मैले यहाँ कसरी ल्याउने ?’

शेर्मा परिवारसँगै सुकुमबासी गाउँका  ८ जनाको परिवारसहित बिस्थापित बनेका भुपाल चौधरी पनि नजिकै कटेरो बनाएर बसिरहेका छन् । उनको पनि हाल शेर्माको जस्तै नै छ । दिनभरी त्रिपालको तातो र वर्षाको कारण त्रिपाल मुनी होहल्लाले समस्या बनाएको छ ।

त्यस्तैं, ललु ऋषीदेबको परिवारमा ५ जना छन् । दुई छोरी, एक छोरासहित ललुको श्रीमतिसहित उनी त्रिपालको कटेरोमा बसोबास गरिरहेका छन् । उनी आफुसहित ५ जनाको परिवार पालन पोषण गरिरहेका छन् । वडा कार्यालय र सामाजिक संघसंस्थाले गरेको सहयोगले अहिलेसम्म परिवारको हातमुख जोढ्न प्रयास भइरहेको छ, ऋषिदेब बताउँछन् ।

दुई छोरी, एक छोरा र श्रीमतीसहित कटेरोमा बसिरहेका ललु कामको खोजीमा भौतारिरहेका छन् । अहिले नै काम पाएको छैन, ललुले भने–’वडा कार्यालय र अरु संघसंस्थाले दिएको खाद्यान्य सामाग्रीहरुले जीवन चलाइरहेको छु । दिएको सामाग्रीहरुले पुरासमय नै पुग्दैन् ।’

 

यता, सुकुमबासी गाउँकै बाबुराम दर्जीको परिवारमा ६ जना छन् । उनको पनि १ वर्षको एक छोरा छन् । देवान ऋषीदेब, महेन्द्र ऋषिदेब, पार्वती ऋषिदेब, शिरण ऋषिदेब, लाले ऋषिदेब, प्रेम उप्रेती र मिना ऋषिदेब छन् । उनीहरु राहतको पर्खाइमा छन् । चामल, दाल, तेल, नून, चिउरा, चाउचाउ, चिनी लगायतका सामाग्री पाएपनि त्यो पर्याप्त नभएको उनीहरु बताउँछन् ।

 

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *