पर्सा, १७ साउन–वीरगन्जको वयोधा हस्पिटलमा उपचार गराइरहेकी एक महिलाको कोरोनाका कारण मृत्युु भएको पुष्टि भएको छ। ५० वर्षीय ती महिला वीरगन्ज महानगरपालिका वडा नम्बर १६ की हुन्। गत बुधबार वीरगन्जको गण्डकमा रहेको बयोधा अस्पतालमा उपचारका लागि उनलाई भर्ना गरिएको थियो।

शुक्रबार बिहान (हिजो) १० बजेर १२ मिनेटमा ती महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ। उनमा उच्च रक्तचाप, मधुमेय र तीव्र श्वासप्रश्वासको समस्या रहेको चिकित्सकहरुले बताएका छन्। लक्षण सबै मिलेपछि त्यहाँका चिकित्सकले कोरोना परीक्षणका लागि नारायणी अस्पताललाई अनुरोध गरेका थिए। त्यसपछि ती महिलाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो।

नारायणी अस्पतालको कोभिड विशेष अस्पताल गण्डकका डा निरज सिंहले बताए । ती महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको उनको भनाइ छ। योसहित पर्सामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । वयोधा हस्पिटलमा यसअघि पवन पटवारी र कलावती देवीमा कोरोना पोजेटिभ भएको देखिएपछि नारायणी अस्पतालमै भर्ना गरी उपचार भएको जनाइएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *