काठमाडौं, १८ साउन–एफ ए कपको उपाधि आर्सनलले जितेको छ। गएराति बेम्बली रंगशालामा भएको फाइनलमा आर्सनलले चेल्सीलाई २–१ गोलले पराजित गरेको हो। आर्सनलाई उपाधि दिलाउन पिइरी एमरिक आबुमियाङले दुई गोल गरे।

खेलको पाँचौ मिनटमा चेल्सीका क्रिस्टीयन पुलिसीचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। तर २८ औँ मिनेटमा आबुमियाङले पेनाल्टीमा गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरीमा फर्काए। पहिलो हाफ बराबरीमा सकिएको थियो ।

त्यसपछि खेलको ६७ औँ मिनेटमा आबुमियाङले नै ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यो गोल नै निर्णायक बन्यो। यो सँगै आर्सनलले १४ औँ पटक किर्तिमानी एफ ए कपको उपाधि उचालेको हो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *