काठमाडौं, १९ साउन–यो सिजनको इटलियन सिरी ए फुटबलका खेलहरु सम्पन्न भएका छन्। युभेन्टसले उपाधि जितिसकेको लिगमा गएराति अन्तिम चरणका ५ वटा खेल भए। पहिलो खेलमा रेलिगेसनमा रहेको स्पल फायोरेन्टिनासँग ३–१ गोलले पराजित भयो।

अर्को खेलमा पर्माले लेसेलाई ४–३ गोलले पराजित गरेको छ। योसँगै लेसे पनि रेलिगेसनमा परेको छ। त्यस्तै अर्को खेलमा बोलोग्ना र टोरिनो १–१ गोलको बराबरीमा रोकिए। गएराति नै सम्पन्न अर्को खेलमा जेनोआले भेरोनालाई ३–० गोलले पराजित गर्दा सासुओलोविरुद्ध उडिनेस १–० गोलले विजयी भयो।

सिरी ए मा युभेन्टसले उपाधि जित्दा इन्टर मिलान उप विजेता बनेको छ भने एट्लान्टा तेस्रो भएको छ। यस्तै लाजिओ चौथो र रोमा पाँचौ भएका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *