काठमाडौं (एजेन्सी), १९ साउन–आइतबार विश्वमा २ लाख ६२ हजार ९२९ कोरोना संक्रमित थपिएका छन् । यो शनिबारको तुलनामा केही कममा हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार शनिबार २ लाख ८९ हजार ३२१ कोरोना संंक्रमित थपिएका थिए ।
गत शुक्रबार अहिलेसम्मकै सबैभन्दा धेरै २ लाख ९२ हजार ५२७ कोरोना संक्रमित थपिएका थिए ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ६ लाख ८० हजार ८९४ को ज्यान गइसकेको छ । संक्रमितको संख्या १ करोड ७६ लाख ६० हजार ५२३ पुगेको छ ।
