दमक, १९ साउन–दमक नगर इसाई समाजले बुधबार (२१ साउन) झापाको दमकमा ४०औं रक्तदान कार्यक्रम गर्ने भएको छ । दमकस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोगमा दमक नगर इसाई समाजले खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको हो ।
समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईका अनुसार बुधबार बिहान रेडक्रस उपशाखा दमकको भवनमा कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । रक्तदान कार्यक्रमलाई भप्य र सभ्य बनाउन पाष्टर हेमन्त सुब्बाको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । कार्यक्रममा इसाई समाजका पुर्वअध्यक्षहरु, विभिन्न चर्चहरुका पाष्टरहरु लगायत सम्पूर्ण रक्तदाता मानुभावहरुले रक्तदानमा सहभागिता जनाउने छन् । रक्तदाताहरुलाई समाजको तर्फबाट प्रमाणपत्र प्रदान गरिने भएको छ ।
दमकमा इसाई समाजले प्रत्येक वर्ष साउनमा रक्तदान कार्यक्रम गर्दै आइरहेको छ । यसवर्ष माहामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणले रक्तदान कार्यक्रमलाई प्रभावित पारेपनि बुधबार हुने रक्तदानमा इसाई तथा गैह्रइसाई दाजुभाई तथा दिदी बहिनीहरुको व्यापक जनसहभागिता हुने अध्यक्ष पाष्टर थुलुङले बताए ।
इसाई समाज दमकका सल्लाहका पाष्टर राजकुमार राईले दमकका इसाई समाजको आयोजनामा ४०औं पटक रक्तदान कार्यक्रम भइरहेकोमा गर्भ गरे । उनले मानवीय सेवाप्रति सवै एक भएर जुट्न र सहभागिता जनाउन आवश्यक रहेको ठहर गर्दै इसाई समाजले प्रत्येक वर्ष साउनमा रक्तदान गर्दै आइरहेको बताए ।
दमक नगरपालिकाभित्र ३२ वटा चर्चहरु क्रियाशिल छन् । इसाई समाजले रक्तदानसहित दमक नगर सरसफाई, भुकम्पदेखी आगलागी र लगातारको लकडाउनमा कमजोर आर्थिक अवस्थाका पीडित परिवारलाई राहतको सामाग्रीहरु उपलब्ध गराउदै आइरहेको छ ।

