काठमाडौं, १९ साउन–नेपाल कम्युनिष्ट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समाधान गर्न छलफल सुरू मात्रै भएको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ बताएका छन्।

नेता नेम्वाङले पार्टीभित्रको विवादको बिषयमा थप छलफल नभएको बताएका हुन्। ‘आजको बैठक सकियो, हिजोकै विषयवस्तुमा केन्द्रित थियो’, उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच पार्टीभित्र देखिएको सबै समस्याको बिषयमा हिजोजस्तो कुरा भयो। तर, सहमति हुन सकेन।’ नेम्वाङले पार्टीमा देखिएको विवादबारेमा छलफलको नयाँ क्रम सुरू भएको बताए।

‘छलफलको क्रम हिजोबाट सुरु भएको छ। पक्कै पनि निकास आउँछु, उनले भने, हामी पार्टी एकतालाई जोड दिएर अघि बढिरहेका छौँ। प्रधानमन्त्री र अध्यक्ष दाहालबीच त्यही विषयमा छलफल भइरहेको छ।’

चिया-जेरी खाएर सकियो

नेता नेम्वाङले आजको बैठक चिया-जेरीमै टुंगिएको बताए। ‘हिजोको जस्तै आजको बैठक पनि चिया जेरी खाएर छोटो समयमै उठ्योु, उनले भने, ‘बैठकले कुनै निर्णय गर्न सकेन। अब भोलि साँझ ५ बजे फेरि छलफल हुने सहमति भएको छ।’

आइतबारको बैठक पार्टीभित्रको समस्या समाधानका लागि आजको छलफल केन्द्रीय कमिटीको बैठकको बारमा केन्द्रित थियो। वार्ताको क्रममा प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालले एक पद छाड्नुपर्ने बताएका थिए। तर, ओलीले पद छाड्ने कुरा तत्काल सम्भव नभएको भन्दै महाधिवेशन तिर केन्द्रीत हुनुपर्नेमा जोड दिएका थिए।

आइतबार झैँ आजको बैठकमा पनि नेताहरुले आफनो अडान कायमै राखेका छन्। बैठकमा अध्यक्षद्वयले वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि सहभागी थिए। शीर्ष नेताहरुबीचको विवाद चुलिरहेको बेलामा पार्टी एकता जोगाइ राख्नुपर्नेमा नेताहरुको बहुमत छ।

प्रधानमन्त्री ओलीबाट सरकार र पार्टी नचलेकाले दुवै पदबाट राजीनामा दिनुपर्ने अध्यक्ष दाहाल, वरिष्ठ नेता खनाल र नेपाल, उपाध्यक्ष वामदेव गौतम, गौतम प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेताहरुले माग गरेपछि विवाद उत्कर्षमा पुगेको छ।

प्रधानमन्त्री ओलीले अहिलेको अवस्थामा दुवै पदबाट राजीनामा नदिने भन्दै मंसिरमा महाधिवेशन प्रस्ताव गरेका थिए। तर, अध्यक्ष दाहाल पक्षले ओलीको प्रस्ताव स्वीकारेको छैन।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *