जनकपुरधाम, २० साउन–प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा मंगलबारदेखि निषेधाज्ञा जारी गरिएको छ। सोमबार राति १२ बजेदेखि नै निषेधाज्ञा जारी भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए। कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि सात दिनका लागि निषेधाज्ञा जारी गरिएको उनले बताए।

निषेधाज्ञापछि जनकपुरधाम सुनसान बनेको छ। सडकमा ठूलो संख्यामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन भएका छन्। पसल, कलकारखा, उद्योग र होटलहरु समेत बन्द छ। सिटी रिक्सासहितका सवारी साधन ठप्प छ। अत्यावश्यक कामबाहेक बिनापास घरबाहिर अर्थात् सडकमा निस्किए कारवाही गरिने प्रजिअ भट्टराईले बताए। उनका अनुसार निषेधाज्ञाको समयमा औषधि पसल, अस्पताल तथा स्वास्थ्य केन्द्र, एम्बुलेन्स लगायत अत्यावश्यक सेवा भने सञ्चालन हुनेछ।

जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका चार, सामाजिक विकास मन्त्रालयका तीन, प्रादेशिक अस्पतालका दुई डाक्टरसहित १८ जनामा समेत कोरोना संक्रमण पुष्टि भएपछि निषेधाज्ञा जारी गरिएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *