काठमाडौं, २० साउन–फुटबलमा नयाँ नियम लागू भएको छ। अब नियतबस खोक्ने खेलाडी वा खेल पदाधिकारीले रातो कार्ड पाउने भएका छन्। इन्टरनेशनल फुटबल एसोशियसन बोर्डले नियतबस अन्य खेलाडी वा खेल पदाधिकारी तर्फ फर्केर खोक्ने खेलाडीलाई रातो कार्ड दिने व्यवस्था गरेको हो।

कोरोना भाइरसको विश्वव्यापी महामारीपछि यो नयाँ नियम ल्याइएको हो। इन्टरनेशनल फुटबल एसोसिएशन बोर्डले त्यसरी खोक्नुलाई अपमानजनक वा अश्लिल वा दुर्व्यवहारजन्य भाषा वा व्यवहारको प्रयोग सरह लिइने बताएको छ।

रेफ्रीले अवस्थाको विश्लेषण गरी निर्णय गर्न पाउने अधिकारी राख्ने पनि जनाइएको छ। यो नियम तत्काल लागू भएको बेलायतको फुटबल एसोशियसनले जनाएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *