चितवन, २० साउन–चितवन प्रहरीले जिल्लाको विभिन्न स्थानबाट चोरी भएका चारवटा मोटरसाइकल बरामद गरेको छ । प्रहरीका अनुसार चोरीमा संलग्न तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ईच्छाकामना गाउंँपालिका वडा नम्बर ७ का रामबहादुर गुरुङ्ग, कालिका नगरपालिका वडा नम्बर ३ बस्ने योगेश वाइवा र सोही नगरपालिकाका वडा नम्बर २ बस्ने सुरज गुरुङ् छन् ।
चोरी भएका मोटरसाइकलको खोजतलास गर्ने क्रममा प्रहरी कार्यालय चितवन र टांँडीबाट खटिएको विशेष प्रहरी टोलीले मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।
पक्राउ परेका उनीहरुलाई चोरी कसुरमा म्याद थपेर अनुसन्धान भइरहेको छ ।
