काठमाडौं (एजेन्सी), २० साउन–भारतमा कोरोनाका कारण ३८ हजार १३५ को मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा संक्रमितको संख्या १८ लाख ३ हजार ६९५ पुगेको छ ।
सोमबार भारतमा ५२ हजार ९७२ कोरोना संक्रमित थपिएका छन् भने ७७१ जनाको मृत्यु भएको छ ।
भारतमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा फैलिरहेको छ । लकडाउन खुलेसँगै भारतमा कोरोना संक्रमितको संख्या अनपेक्षित रुपमा बढेको तथ्यांकले देखाएको छ ।
भारत सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशकोे संख्यामा अमेरिका र ब्राजिल पछि तेस्रो स्थानमा छ ।
